नेपालको सन्दर्भमा एसडीआइ टोरोन्टोको भूमिका

स्कुल अफ डिसरप्टिब इनोभेसन टोरोन्टो (School of Disruptive Innovation Toronto) लाई छोटकरीमा एसडीआइ टोरोन्टो (sdi Toronto) को नामले चिनिन्छ। नेपालको सन्दर्भमा यो सस्था कृषि र हर्बल क्षेत्रमा विदेशी सीप, ज्ञान र प्रविधिको हस्तान्तरणमा सक्रिय रहने छ।

स्कुल अफ डिसरप्टिब इनोभेसन टोरोन्टो नेपालको उधमशिलताको लागि तत्काल खाचो परिरहेका कृषि र हर्बल क्षेत्रको इनोभेटिभ बडि अफ नलेज स्वदेसी तथा बिदेसी संघ संस्था हरुको समेत सहयोगमा नेपाल भित्राउन को कॄएसन इनोभेटिभ इन्कुबेटरको रुपमा काम गर्ने छ। इनोभेसन सेन्टरका रुपमा यसले एकातर्फ प्राबिधिक र भोकेसनल तालिम प्याकेजको बिकाश गर्ने काम गर्ने छ भने अर्को तर्फ को-क्रिएसनमा आधारित इनोभेसनमा प्रतक्ष योगदान दिने छ।

को-क्रिएसन मा आधारित इनोभेसनका लागि नेपाल स्थित उद्योगहरु संगको सहकार्य (को-कॄएसन)मा ऊधोगहरुमै व्यावहारिक अनुसन्धान गरिने छ। उद्योगहरुमा हुने तेस्ता को-कॄएसन आफ्नै मुलुकभित्र बजार जमाइरहेका अन्तर्राष्ट्रिय कम्पनीका उच्च इनोभेटिभ उत्पादन सकेसम्म स्थानीय रुपमै उपलब्ध कच्चा पदार्थ र जनशक्तिको प्रयोगबाट प्रतिस्थापन गर्ने उदेश्य लिईने छ। स्थानीय स्तरमा उच्च इनोभेटिभ उत्पादनको को-कॄएसन गर्ने क्रममा अनुसन्धान मार्फत नयाँ सूचना, निर्माण तरिका र प्रविधिको पहिचान हुनेछ। स्थानीय अनुसन्धानले यसरी विकास गरेका बस्तु र सेवा बजारमा उपलब्धभन्दा उच्च गुणका, कम मूल्यमा अतिरिक्त सेवा दिने गरि बजार पठाउन सकिने प्रकृतिको हुने छ। र अन्तत: विदेशी सीप र ज्ञानको हस्तान्तरण होइन कि प्रविधिको उन्नत परिमार्जनबाट स्थानीय रुपमै इनोभेटिभ उत्पादन सम्भव तुलाइने छ।

प्राबिधिक र भोकेसनल तालिम प्याकेजको लागि मुलुक भित्रकै अनुभवका आधारमा मुलुकमा आयात प्रतिस्थापन गर्ने नियतले प्राविधिक शिक्षालयहरुले बनाउने हरेक पाठ्यक्रम स्थानीय स्तरमै सञ्चालनमा रहेको इनोभेटिभ उद्योगहरुको सहयोगमा विकास गर्नको लागि सहयोग पुराउने गरि संयोजन गरिने छ। जब स्थानीय उद्यमशील उद्यमीहरुसँग मिलेर प्राविधिक शिक्षालयहरुले मुलुकको सन्दर्भमा कस्ता–कस्ता उद्यम विकास गर्न सकिएला भनी गृहकार्य गर्छ, तब स्थानीय वातावरणमा जरुरी हुने सीपमुलक तालिम प्याकेजको विकास हुने छ। ताकि आफ्नै हावापानी, माटो र उपलब्ध कच्चा पदार्थ र सीप सुहाउँदो पाठ्यक्रमका प्याकेजहरुले स्थानीय स्तरमा सक्षम र इनोभेटिभ उद्यमहरुको विकास गराउन टेक्नोलोजी ट्रान्सफरको अन्तराष्ट्रीय हबको रुपमा उल्लेखनीय भूमिका खेल्ने छ।

नेपालको सन्दर्भमा एसडीआइ टोरोन्टोको उदेश्य

१) मुलुकमा आयात प्रतिस्थापन गर्ने नियतले स्थानीय उद्यमशील उद्यमीहरुसँग मिलि मुलुक भित्रै उत्पादित कच्चा पदार्थ र उपलब्ध जनशक्तिको सदुपयोग बाट सम्भाव्य देखिएको कृषि तथा बनका उपजमा आधारित उद्यमको पहिचान गरि स्थानीय स्तरमा जरुरी हुने सीप, ज्ञान र प्रविधिको हस्तान्तरण गर्न आवश्यक सम्पूर्ण गतिविधिमा सहभागी हुने।

२) नेपालका रैथाने जिबाणु, जतिबुटिजन्य तथा खाध्य, औसधि, आयुर्बेद, जैविक मल, बिषादी, बैकल्पिक उर्जा र अन्य क्षेत्रमा नमुना उधमसिलता बिकाश गर्ने, प्राबिधिक शिक्षालय र प्राबिधिक तथा आयुर्बेद बिश्वोबिध्यालयहरुमा उधमशील पाठ्यक्रम बिकाशको प्याकेज बिकाश गरि स्थानीय कृषी उधम्सिलाताको जनशक्ति उत्पादन गर्न सहयोगी भूमिका खेल्ने।

३) नेपाल अधिराज्य भरनै मागका आधारमा निजि लगानीको आइडिया इन्कुबेसन, को-क्रिएसन तथा औधोगीक इनोभेसनको विस्तार गर्न जरुरि पुर्बधारको रुपमा स्कुल अफ डिसरप्टिब इनोभेसन नेपालको आफ्नै अनुसन्धान लेबरोटरिज, आयुर्वेदिक तथा जतिबूटि प्रसोधन र इनोभेसन केन्द्र स्थापना गरि संचालन गर्ने।

४) स्टार्ट द स्टार्टअप र सिपमुलक स्वोरोजगार बिस्तारमा सीपमुलक तालिम र बजारमुखी उद्यमशीलताको हस्तान्तरणमा अग्रणी भूमिका खेल्ने।

५) कृषि तथा बनका उपजमामा आधारित उधोगहरुलाई बदलिदो बजार माग अनुसार आफ्नो उत्पादन र सेवाको सुचारु गर्न सक्क्षम बनाउन उनिहरुको लागी जरुरि हुने इनोभेटीब कच्चा पदार्थ उत्पादन गरि उपलब्ध गराउने। उक्त उधोगहरु बाट माग भइ आएमा उनीहरुलाई पब्लिक–प्राइभेट कोलाब्रेसन मोडलको बैज्ञानिक तथा प्राबिधिक रिसर्च, डेभलपमेन्ट तथा इनोभेसन कार्यको लागि अवसर उपलब्ध गराउने।

६) नेपालमा आवश्यक देखिएको सीप, ज्ञान र प्रविधिको हस्तान्तरणको लागी संसारकै अब्बल मानिएका पब्लिक रिसर्च इन्स्टिच्युट, ल्याबरोटरिज, टेक्नोलोजी ट्रान्सफर अफिसेज र इन्क्युबेटर्स हरु संग उपयुक्त नेटवर्क र को–क्रिएसन बिल्डिङ ब्रिजेज विकास गरी नेपालका स्थानीय वैज्ञानिक, पेसेवर प्राज्ञ तथा बिज्ञ, उद्यमी, प्राबिधिक शिक्षालय र प्राबिधिक तथा आयुर्बेद बिश्वोबिध्यालय र सम्बन्धित संघ सस्था आदिसँग जोड्ने सेतुको काम गर्ने।

७) निजी क्षेत्रबाट स्थानीय उद्यमशीलता विकास गर्न सक्षम बनाउन उद्यमी, प्राबिधिक शिक्षालय र प्राबिधिक तथा आयुर्बेद बिश्वोबिध्यालय र सम्बन्धित संघ सस्था आदि लाई प्रविधि र कन्टेन्ट दिन सक्क्षम स्थानीय रुपमै उपलब्ध “‘बडी अफ नलेज” दिने इनोभेसनको इन्क्युबेटर्सको रुपमा स्कुल अफ डिसरप्टिब इनोभेसन नेपाल लाइ स्थापित गर्ने।

८) नेपालमा कृषि र हर्बल उत्पादनको आयात घटाउने र निर्यात बढाउन स्थानीय उधम्शिलाता बिकाशमा जरुरि प्राबिधिक सहयोग गर्ने तथा बस्तु तथा सेवाको गुणस्तरको मापदण्डको प्रमाणित गर्ने वा गर्न सहयोग पुराउने।